आउँदो फागुन २६ गते विराटनगरमा आरटिएन कार -याली आयोजना गरिने भएको छ ।
विराटनगर राउण्ड टेबुल नं. ५ ले आयोजना गर्न लागेको सो कार -यालीमा नेपाल र भारतका करिब १ सय वटा मोटर कारहरुको सहभागिता रहने बताइएको छ ।
पर्यटन प्रवद्र्धनका लागि टिएसडी अर्थात समय, गति र दुरीका आधारमा गराउन लागिएको सो कार ¥यालीले मोरङ, सुनसरी र झापाका विभिन्न भागमा दौड लगाउनेछ । करिब ५० लाख रुपैया खर्च लाग्ने सो कार ¥यालीका विजेताहरु पहिलो, दोश्रो र तेश्रोलाई करिब ८ लाख रुपैयाँका पुरस्कारहरु वितरण गरिने आयोजक विराटनगर राउण्ड टेबुल नं. ५ का अध्यक्ष ऋषभ दाहालले जानकारी दिनुभयो ।
सो प्रतियोगिताबाट करिब १५ लाख रुपैयाँ बचत गरी स्थानीय एक विद्यालयलाई सहयोग गरिने बताइएको छ ।


