रानीदेखी किमाङथान्का जोड्ने सडक, इटहरी क्षेत्रभित्र पर्ने घरहरूमा डोजर

alt

इटहरी । बिराटनगरको रानीदेखी किमाङथान्का जोड्ने कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाएको छ ।

           इटहरी उपमहानगरपालीकाले शुक्रवार इटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्कान सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब अभीयानकै रुपमा अगाडी लैजाने बताएका छन । 

                इटहरी क्षेत्र भएर दैनिक हजारौ यात्रु तथा सर्वसाधारण आवतजावत गर्ने हुदा आसपासका संरचनाले सडक साँघुरो हुनुका साथै ६ लेन सडक निर्माण परियोजनाले पनी पुर्णता पाउन सकेको थिएन । सडक आसपासका संरचना हटाइदा आवगमनमा सहज हुने मात्रै नभइ नगरको सुन्दरतापनी बढ्ने ओडा नम्बर ९ का  अध्यक्ष जितेन्द्र थापा  को भनाइ छ । 
327703283_737355817726348_7636868509672790096_n

                  उपमहानगरले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एक तले पक्की भवनमा डोजर चलाइ अभियानको सुरुवात गरेको बताएका छ । 

पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा ब्यवसायीहरूले अटेर गर्दै आएकोमा शुक्रवार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो ।
327750229_590877759519088_7040025988388226685_n

इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको जनाइएको छ । सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी शुक्रवार देखी सुरु गरेर यस लाई निरन्तर काम सुरु हुने पनी  उपमहानगरले जनाएको छ ।

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]