धनकुटा । आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये ३ जना गम्भीर छन् ।

घाइते अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी श्यामलाल ज्ञवालीले अहिलेसम्म घटनाको क्षतिको पूरा विवरण आइनसकेको बताए । उनले च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना आएको बताए ।

image_2023-01-28_220449311

जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् । उनले दर्जन बढी घाइते भएको भन्ने सूचना आएको बताइन् ।

प्रत्यक्षदर्शीले केही बालबालिकासमेत भीडमा च्यापिएको बताएका छन् ।

सांगितिक कार्यक्रमम सकिएपछि बिङ्गो खेलमा भने नि:शुल्क रूपमा प्रवेश पाउने आशामा महोत्सवस्थलको गेटमा सर्वसाधारणको भीड बढेको थियो । तर, आयोजकले गेट नखोलेपछि गेटमै झडप भएको भागदौड मच्चिएको बताइएको छ ।

dhankuta-mahotsab-vagdaud-e1674921737369