बराहक्षेत्र   सुनसरीको बराहक्षेत्र नगरपालिका ७ मा रहेको महेन्द्र माध्यमिक विधालयको ५०औ  स्वर्ण महोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शनिबार  आयोजना गरिएको अन्तर माध्यमिक बिज्ञान प्रदर्शनी प्रतियोगितामा महेन्द्र माध्यमिक बिधालय चक्रघट्टीले प्रथम स्थान हासिल गरेको छ। तेस्तै गरि आदर्श मा बि चतराले दोस्रो  स्थान हासिल गरेको छ भने मोहन माबी मधुबनले तृतीय स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र माबी तित्रीगाछीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

विधालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञान   र प्रबिधिको क्षेत्रमा नयाँ नया नवीन खोज गर्न प्रेरित गर्दै विद्यार्थीमा भएका सीप बिकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

प्रथम द्दितिय तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विधालयका विद्यार्थीहरुलाई नगद   मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

आजको कार्यक्रमको  बिशिस्ट आथित्यता पुर्ब सूचना तथा सञ्चार  प्रबिधि मन्त्री   ज्ञानेन्द्र बहादुर कार्की तथा प्रदेश सांसद  सडानन्द मन्डल , बराहक्षेत्र नगरप्रमुख रमेश कार्की , उपप्रमुख नन्द कुमारी सुनुवार , ७ नम्बर वार्डअध्यक्ष कपिल आचार्य , नेपाल शिक्षक संघ बराहक्षेत्र अध्यक्ष कृष्ण गुरागाई लगायत अथितिहरुको आगमन भएको थियो ।

image_2023-01-28_221525751

बिज्ञान प्रदर्शनी कार्यक्रममा बोल्दै  पुर्ब मन्त्री कार्कीले विभिन्न विधालयका विद्यार्थीहरुले प्रदर्सनका लागि ल्याएका बिज्ञान प्रबिधि सम्बन्धि विभिन्न सामाग्रीहरुको अवलोकन बाट आफू हर्षित भएको बताउदै विद्यार्थीहरुमा भएको येस्तो अदभुत क्षमताको बिकास बिस्तार गर्दै दिगो बनाइराख्न आफू लागि पर्ने बताए । साथै विधालयमा आवस्यक पर्ने सबै किसिमका सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए।

 उनले बिज्ञान प्रदर्शनीका लागि राखिएका सामग्रीहरुको अवलोकन गर्दै सामाग्री निर्माण गर्ने विद्यार्थीहरु संघ अन्तरक्रिया गरेका थिए।

माघ १२ गतेबाट सुरु भएको स्वर्ण महोत्सव अन्तर्गत आइतबार बिहान ४:३० बजे देखि ६ बजे सम्म योग शिबिर तथा बिहान ८ बजे रक्तदान कार्यक्रम र दिउसो बराहक्षेत्र नगरपालिका भरिका मा बि स्थरिय अन्तर माबी हाजिरिजवाफ प्रतियोगिता सन्चालन हुने आयोजकले बताएको