बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन  प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।

धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा  सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।

त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ मिनेट ३१ सेकेण्डमा दुरी पार गरि द्धितीय बने भने बराहक्षेत्रकै प्रदिप राईले १६ मिनेट ७० सेकेण्डमा दुरी पार गरि तृतीय स्थान हासिल गरे। महिलातरफ धरानकी छन्निमाया राई पहिलो स्थानमा आएकी थिइन्।

विजयी हुनेले  नगद ५०००, ३०००, २००० सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।विद्यालयका प्रधानाध्याप फिरोज घिमिरे,वि.व्य.स.का अध्यक्ष पर्शुराम आचार्य,बराहक्षेत्र नगर उपप्रमुख नन्द कुमारी सुनुवारले पुरस्कार वितरण गर्नु भएको थियो।

WhatsApp Image 2023-01-28 at 10.12.45 PM

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बराहक्षेत्र नगर उप प्रमुख नन्द कुमारी सुनुवारले राष्ट्र र स्वास्थ्यकालागि भनी आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष दुवैले सहभागी जनाउनु भएकोमा  खुसी व्यक्त गर्नु भयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम आचार्यले बराहक्षेत्रमै पहिलो पटक सामुदायिक विद्यालय अन्तर्गत  विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाएको हुन सगरी, यस जयन्तीलाई सफल बनाउन सबैको साथ रहेको र अब बाकी रहेका कार्यक्रममा हर्षोल्लासका साथ सहभागिता जनाउन अनुरोध समेत गर्नु भयो

 प्रत्येक दिन योग शिवीर चलिरहेको कार्यक्रममा विविध साँस्कृतिक तथा सम्मान कार्यक्रम रहने अध्यक्षले बताउनु भयो।

माघ १२ गतेदेखि सुरुवात भएको स्वर्ण जयन्ती १९ गते समापन हुने आयोजकले जनाएको छ।