नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना साथै ससद भबन अगाडि सडकमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्य को आत्मा ले शान्ति पावस् भन्दै उनिहारुको सम्झनामा दिप प्रज्वलन साथै शोक मनाइएको छ ।
सनिवार साँझ नेपाल मानव धर्म सेवा समिती आश्रम इटहरीमा दिप प्रज्वलन गरिएको हो । इटहरी स्थित मानव धर्म सेवा समिति आश्रममा दीप प्रज्वलन गरी मृतआत्माको चिरशान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवारजनमा धर्यधारण गर्ने शक्तिका लागि प्राथना समेत गरेका छन् ।

नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरी प्रमुख महात्मा नन्दनी बाइजी ले पोखरामा भएको विमान दुर्घटनाले मुलुकमा भयानक मानबीय क्षति भएकोले सरकारले हावाइ दुर्घटना रोक्न ठोस कदम चल्न आवश्यक रहेको बताउनुभयो ।
पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका छन् ।



