रामधुनी । थारु समुदायको सांस्कृतिक धरोहर ग्रामथान विभिन्न वहनामा अतिक्रमणमा पर्दै आएको भन्दै संरक्षणमा राज्यले ध्यान दिनु पर्ने माग गरिएको छ ।
ग्रामथान संरक्षण समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न बहानामा ग्रामथान अतिक्रमणमा पर्दै आएकाले राज्य संरक्षणमा ध्यान दिनु पर्ने माग गरेको हो ।

कतिपय स्थानमा विकासमा नाममा विद्यालय तथा अन्य संरचना वनाएर ग्रामथान अतिक्रमण गरिएको तथा कतिपय स्थानमा साँध जोडिएका जग्गाधनीहरुले अतिक्रमण गर्ने जस्ता कारणले ऐतिहासिकता बोकेका धरोहरहरु संरक्षणमा समस्या हुदै आएको समेत सो अवसरमा गुनासो गरियो । संवाद समुहको संयोजनमा गरिएको पत्रकार सम्मेलनमा ग्रामथान संरक्षण समितिले राज्यले ग्रामथान ,डिहवार थान , सो संग जोडिएको सास्कृतिक भुमिलाई पहिचान गरी सूचिकृत गर्नु पर्ने , ग्रामथान ऐन तथा नीति निर्माण गरी दिर्घकालिन संरक्षणको योजना ल्याउनु पर्ने , थारु भाषालाई संरक्षण गर्न आधारभुत तह सम्म विद्यालयमा थारु भाषाको पठनपाठनको व्यवस्था मिलाउनु पर्ने लगायतका सात सुत्रिय राज्यले संवोधन गर्नु पर्ने ७ सुत्रिय वुँदाहरु प्रस्तुत गरियो ।
ग्रामथान जन्म देखि मृत्यु सम्मका संस्कारका लागि जोडिने भएपनि राज्यले संरक्षणमा चासो नदिएको थारु समुदायको आरोप रहदै आएकोछ । बढ्दो सहरीकरणसंगै जग्गाको मुल्य समेत बढ्न थालेका कारण पनि ग्रामथान अतिक्रमणमा पर्न थालेको थारु समुदायका अगुवाइहरुको बुझाई रहेको छ । पत्रकार सम्मेलनमा ग्रामथान संरक्षण समितिका अध्यक्ष लगायतका थारु समुदायका अगुवाहरुले पत्रकारको प्रश्नको जवाफ दिएका थिए । सो पत्रकार सम्मेलनमा अग्रज पत्रकार तथा सामाजिक अभियन्ता गोपाल देवान , नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला , संवाद समुहका सुमन पुरी लगायतको सहभागिता रहेको थियो ।


