विराटनगर /  नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिको निर्वाचनको मनोनयन गर्ने बेलामा सत्तापक्ष बीच छलफल भएर नेकपा एमालेले उम्मेदवारी दिने र जित्ने शुनिश्चित भएको बताउनुभएको छ ।
सोमवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले राज्यका प्रमुख पदहरुमा प्रतिपक्षले दावी गर्न नमिल्ने बताउदै नेपाली काँग्रेसले दावी गर्ने भए आफुलाई सत्तापक्ष भनेर घोषणा गर्नुपर्ने धारणा रोख्नुभयो । उहाँले काँग्रेसले प्रमुख पदहरुमा दावी गर्नुको कुनै अर्थ नरहने बताउनुभयो । उहाँले सत्ता सठबन्धनको सहमति अनुसार एमालेले सिफारिस गरेकै व्यक्ति राष्ट्रपति हुने दावी समेत गर्नुभयो ।

महासचिव पोखरेलले नेपाली काँग्रेस अहिले न सत्ता पक्ष र न प्रतिपक्ष दिशाविहिन अवस्थामा रहेको बताउदै निर्वाचन आयोगले कानुन अनुसार एक महिना अघि नै राष्ट्रपतिको निर्वाचन गराउनु पर्ने बताउनुभयो । उहाँले अदालतको भूमिका स्वतन्त्र र निष्पक्ष नदेखिएको तथा निश्चित विषयमा अति सक्रियता र अन्य विषयमा निस्क्रियता देखिनु गलत भएको धारणा राख्दै महासचिव पोखरेलले नेपाल स्वतन्त्र पार्टी र सत्ता साझेदार दलहरु बीचको छलफलबाट गृहमन्त्री तोकिने जानकारी दिनुभयो ।