इटहरी । वृद्ध,बद्धा आश्रम व्यवस्थापनको लागी ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम प्रदेश १ को इटहरीमा पनी आयोजना गरिएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश १ भरी रहेका वृद्ध आश्रममा आबद्धहरु लगायतका ४० जनालाइ ज्येष्ठ नागरिक स्याहार सम्बन्धी प्रशिक्षण गराइएको थियो ।
प्रशिक्षणमा ज्येष्ठ नागरिक माथी हुने दुर्वब्यवहारको अवस्था,प्रकार,व्यवस्था,परिवार र समग्र राष्ट्रलाइ पर्ने असरबारे शारदा चन्द, योग तथा विविध मनोरञ्जन कार्यक्रम प्रशिक्षण योग प्रशिक्षक वासुदेव पण्डीत लगायतले सहजिकरण गर्ने छन ।

७ वटै प्रदेशमा कार्यक्रम गर्ने उद्धेश्यले बागमती प्रदेश र मधेस प्रदेशमा कार्यक्रम भइसकेको र यो तेस्रो कार्यक्रम प्रदेश १ को इटहरीमा ३ दीने तालीम आयोजना गरीएको राष्ट्रय ज्येष्ठ नागरीक महासंघका अध्यक्ष छज्ञबहादुर प्रधानले बताउनुभयो । हिजोभन्दा फरक किसीमले सेवा पाउनुपर्ने भएकाले वृद्धाआस्रम लगायत सम्बन्धीत संघसंस्थामा कार्यरत व्यक्तीलाइ समेत समेटेर कार्यक्रम सञ्चालन गरिएको उहा ले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रभु ढकाल,ज्येष्ठ नागरिक जिल्ला संघ सुनसरीका अध्यक्ष ठगेन्द्र प्रसाद आचार्य,ज्येष्ठ नागरिक महासंघका उपाध्यक्ष सारदा देवी चन्द लगायतका अतिथीहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम इटहरीमा ३ दिन सम्म संचालन हुने जनाइएको छ ।


