इटहरी फुटबल क्लब सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

                         स्थानिय मेमोरी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आइतबार बसाह फुटबल क्लब उदयपुरलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरीको जितमा समिर राईले निर्णायक एक गोल गरे । खेलको म्यान अफ दि म्याच बिजयी टिमका रमेश राजबंशी घोषित हँुदै नगद २ हजार ५ सय हात पारे ।
          प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा डागीहाट फुटबल क्लब मोरङ र गोल्डेनस्टार क्लब भलुवा सुनसरीबीच हुने आयोजक क्लबका अध्यक्ष खड्ग नारायण माझीले बताए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ । उपाधि भिडन्तको लागि फाइनल खेल यही माघ २८ गते हुने आयोजकले जनाएको छ ।