काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए ।
शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।


