इटहरी । उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतदान सम्पन्न भएको छ । आज जनता बहुमुखी क्याम्पस प्राङ्गणमा भएको मतदान दिउँसो ४ बजे सकिएको हो ।

निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्ष पदमा कूल २ हजार ७९० मत खसेको छ।

            यस्तै, महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको नेपालले जानकारी दिए । उनका अनुसार कूल ४ हजार ८१० मतदातामध्ये सो संख्यामा मत खसेको हो । मतगणना आइतबार बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा हुने तयारी भएको उनले बताए ।

अध्यक्ष पदका लागि जीवन पराजुली, रन्जु सिग्देल (चौलागाईं), गायत्री कटवाल (भण्डारी) र मणिन्द्रकुमार कटवाल प्रतिस्पर्धामा छन् ।