काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनमा फागुन २ गते  बाट काठमाण्डौमा चलिरहेको छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष र पदाधिकारीसहित करिब ४०० आकांक्षी चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

अनेरास्ववियूको केन्द्रिय सचिव पदमा भने प्रकाश श्रेष्ठले पनि उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समय देखि अनेरास्ववियुमा क्रियाशिल श्रेष्ठ यसअघि अनेरास्ववियु तेह्रथुमा वसन्त मावि प्राक हुदै तत्कालिन ईलाका कमिटि अध्यक्ष, अनेरास्ववियु जिल्ला कमिटि तेह्रथुमको दुई कार्यकाल जिल्ला कमिटि सदस्य, उपसचिव, सचिव, उपाध्यक्ष, अध्यक्ष, राष्ट्रिय परिषद् सदस्य, २०७२ सालमा कोशि भुगोल बाट निर्वाचित केन्द्रिय कमिटि सदस्य हुदै हाल स्थायी कमिटि सदस्य १ नं. प्रदेश कमिटि सह-ईञ्चार्ज को जिम्मेवारी सम्हालि सकेका श्रेष्ठले केन्द्रिय सचिव पदमा उमेद्वारी दिएका छन् .

श्रेष्ठले कोशिप्रेससंग भने, “विद्यार्थी आन्दोलनलाई रचनात्मक शैलीबाट अझै माथि उठाउन, विद्यार्थी संगठनको गतिविधिलार्इै सँधै गतिशिल र मर्यादित बनाउन सचिवमा मेरो उमेद्वारी हो । पक्कैपनि मेरो अहिलेसम्मको कामको मुल्याङ्कन र भावी योजनाको विश्लेषण गरी मलाई मत दिएर विजयी गराउनुहने छ, म विस्वस्त छु ।दुर्गम भौगोलिक क्षेत्र तेह्रथुम वासी श्रेष्ठ अनेरास्ववियुको १ नं. प्रदेश कमिटि सह-ईञ्चार्ज समेत हुन् ।

तेस्तै प्रदेश १ बाटै जीबि गजल, अन्जु पाण्डे लगायतले पनि सचिब पद मा उमेद्वारि दिएका छन् । महाधिवेशनले १७ पदाधिकारी सहित १९९ सदस्य केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । जसमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपाध्यक्ष ४ र सचिव १० रहनेछन्। कार्यसमितिमा ६६ सदस्यीय स्थायी कमिटी हुनेछ ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवका प्रतिस्पर्धी बढी देखिएका छन् । देशभरबाट १५ सय ७९ प्रतिनिधि सहभागी हुने अनेरास्ववियुको महाअधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ