नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा सुनसरीका  विद्यार्थी नेता एकराज दाहालले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारीदियका छन् ।शिक्षा प्राप्तिको लागि नेपालमा हुदा खाने र हुने खाने विचको खाडल हटाई सवैको पहुचमा व्यावहारिक र वैज्ञानिक शिक्षालाई दुरदराज सम्म पुर्‍याउन,सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न विद्यार्थी आन्दोलनलाई रचनात्मक शैलीबाट अझै माथि उठाउन, विद्यार्थी संगठनको गतिविधिलार्इै सँधै गतिशिल र मर्यादित बनाउन अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकोले  अहिलेसम्मको कामको मुल्याङ्कन र भावी योजनाको विश्लेषण गरी आफुलाई  मत दिएर विजयी गराउनेमा विस्वस्त रहेका छन् एकराज    ।

                           लामो समय देखि अनेरास्ववियुमा क्रियाशिल  काम गर्दै आएका एकराज सुनसरी इटहरीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेताको रुपमा  नेपाल भरीकै विद्यार्थीहरुको हकहितको लागि काम गर्दै आएको बताउछन । विद्यार्थीको हकहित प्राप्तिको आन्दोलनमा निरन्तर लागि रहन आफू राजनीतिमा लागेकोले देशभरका विद्यार्थीहरूसँग सांगठनिक रूपमा जोडिएर काम गरेको हुँदा उपाध्यक्षको प्रतिस्पर्धा आफ्ना लागि सहज हुने उनको भनाइ छ ।  बैचारिक, अनुशासित, गतिशिलताको लागि अबको २३ औँ राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय उपाध्यक्ष पदमा आफुलाई अत्याधिक मतले विजय गराउन पनि उनले सवैलाई अनुरोध गरेका छन्  ।