काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा अन्जु पाण्डेले सचिब पदमा उम्मेदवारी दिएकी छन् ।
प्रदेश १ बाट विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्दै शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने अठोटसहित अगाडि बढ्नु का साथै विद्यार्थी संगठनको गतिविधिलाइ सँधै गतिशिल र मर्यादित बनाउन सचिवमा उम्मेदवारी दिएकी अन्जु विद्यार्थीको हकहित प्राप्तिको आन्दोलनमा निरन्तर लागेर देशभरका विद्यार्थीहरूसँग सांगठनिक रूपमा जोडिएर काम गरेको हुँदा सचिबको प्रतिस्पर्धा आफ्ना लागि सहज हुने उनको भनाइ छ ।
बैचारिक, अनुशासित, गतिशिलताको लागि अबको २३ औँ राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सचिब पदमा आफुलाई अत्याधिक मतले विजय गराउन पनि उनले सवैलाई अनुरोध गरेकि छन् । अनेरास्ववियुको महाधिवेशन भोलिसम्म चल्नेछ ।


