प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिनुभएको छ । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालय देखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिनुभयो । विदेशमा स्कुले विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले गर्दा नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिती सिर्जना भइरहेकाले गर्दा पछिल्लो समय सडक सुरक्षाको सवालमा बहस हुने क्रम बढेको छ। 
             भट्टराईंले पछिल्लो समय मोटरसाइकलबाट सवैभन्दा बढीले ज्यान गुमाउने गरेको गर्दा युवा वर्गलाई सचेतना फैलाउनु आवश्यक रहेको पनि बताउनुभयो । कुल दुर्घटनामध्ये २६ प्रतिशत मोटरसाइकल दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्मा उल्लेख छ। 
           कार्यक्रममा प्रदेश नंं. १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री दुर्गा चापागाईले प्रदेश सरकारले सडक सुरक्षाको बिषयलाई प्राथमिकता दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । योजनाबद्ध ढंगले सडक सुरक्षाको विषयलाई अघि बढाइने उहाँले बताउनुभयो । 
WhatsApp Image 2023-02-16 at 3.55.34 PM (1)
          प्रदेश सांसद मिना श्रेष्ठले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र दायित्व नभई सबै पक्षको समन्वय हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम महतोले सडक पूर्वाधार र सडक सुरक्षामा वजेट बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल अटोमोबाइल एसोसिएसन नासाका महासचिब गोबिन्द भट्टराई, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेल, रोड सेफटी काउन्सिलका इन्जिनियर आयुश श्रेष्ठलगायतले सडक सुरक्षाका लागि अप्नाउनुपर्ने उपायबारे प्रस्तुत गरे । 
       रोड सेफटी काउन्सिलको आयोजना, नासा नेपालको संयोजन, इटहरी उपमहानगरपालिका, नेपाल रेटक्रस, स्वास्थ्यकर्मी महासंघ, विद्यालयलगायतका सामाजिक संस्थाहरुको सहयोगमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिएको कार्यक्रमको संयोजन हेल्पिङ् युथ सुनसरीले गरेको थियो । हेल्पिङ् युथका अध्यक्ष विकल पौडेलका अनुसार कार्यक्रमा प्रदेश नं. १ का १४ वटै जिल्लाबाट सयभन्दा बढीको प्रतिनिधीत्व रहेको थियो ।
WhatsApp Image 2023-02-16 at 3.55.09 PM