इटहरी वडा नं. ४ मा सञ्चालित सिटी मन्टेश्वरीले शनिबार आफ्नो १० औं वार्षिक तथा अभिभावक दिवस मनाएको छ ।
कक्षा ४ सम्म सञ्चालित मन्टेश्वरीको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा इटहरी उमपहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत फाल्गुणी काफ्लेले पछिल्लो समय मन्टेश्वरीले समय सापेक्ष शिक्षाको गुणस्तर अभिवृद्दिमा योगदान पु¥याएको बताउनुभयो । सो क्रममा स्थानीय समाजसेवी कमल राईंलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मन्टेश्वरीको वार्षिक प्रतिवेदन प्रिन्सिपल निर्मला गुरागाईंले प्रस्तुत गर्नुभयो । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, किड्स ह्याप्पी होम तरहराकी सञ्चालिका रीता भूसाल, धरान मन्टेश्वरीका दिपक अग्रवाल, स्थानीय टोल विकास संस्थाका अध्यक्ष डम्बर बरायली, ज्ञानेन्द्र फूयँल, झलक वनलगायतले बोल्नुभएको थियो । कार्यक्रम मन्टेश्वरीका अध्यक्ष लेखनाथ घिमिरेको सभापतित्वमा भएको थियो ।

