राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन सरकारमा गएको बताउनुभएको छ। 

                  लिङ्देनले शनिबार इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फरक फरक सिद्दान्त बोकेका दलहरु राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र आम नागरिकलाई सेवा प्रवाह गर्ने मुल मुद्दामा केन्द्रित भएर सरकारमा गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी अरुको सिद्दान्तमा नगएको र अरु दलहरु राप्रपाको सिद्दान्तलाई अंगीकार नगरि सवै दलहरुको आ–आफ्नो सिद्दान्तमा अडिग रहेको प्रस्ट पार्नुभयो । लिङ्देनले देशको अर्थतन्त्र ठप्प भएको र भ्रष्टाचार चरम चुलीमा पुगेको बेला सवै मिलेर अन्त्य गर्न सकिने सोचका साथ सरकारमा गएको बताउनुभयो । उहाँले कुनै पनि पार्टीलाई निषेध गर्न नहुने म्यानडेट प्राप्त गरेकाले गर्दा सहकार्य गरेर अघि बढनुपर्ने बताउनुभयो ।

331621546_763363281958646_5004460555008040384_n

                     उहाँले केही समयअघिसम्म एक पार्टीले अर्को पार्टीलाई सुत्रतापूर्ण व्यवहार गर्दै आएकोमा नयाँ सहकार्य गरेर अघि बढेकोमा यसलाई सुःखद मान्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामकुमार सुब्बा, राप्रपा सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतलगायतले बोल्नुभएको थियो ।