इटहरी / नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीले महाशिवरात्री पर्वको अवसरमा सत्सङ् कार्यक्रम गरेको छ । मानव धर्म सेवा समितिकै आश्रममा भएको कार्यक्रममाआध्यात्मिक प्रवचन, भजन साथै सांस्कृितक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । सोही क्रममा प्रदेश नं. १ का प्रदेशसभा सदस्य रोहित बहादुर कार्कील समाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी कार्यकाल सफलताको सुभकामना सहित सम्मान गरियो ।
महात्मा नन्दनी बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा माहात्मा निगमा बाइजी, अमरबहादुर कार्की, रुजेस सुबेदी, गायत्री कार्की गौतम लगायतले बोल्नुभएको थियो । सोही क्रममा मानव धर्म सेवा समितिले शिक्षा अभियान अन्तर्गत विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले शैक्षिक सामाग्री संकलनको उदघाटन पनि गरेको छ ।



