नीजि उच्च शिक्षालयको साँझा संस्था हिसान सुनसरीको अगुवाईंमा शनिबार इटहरीमा सवारी चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश नं. १ मा सवारी चालकको लापरबाहीका कारण दुर्घटनाका घटना बढ्दो गतिमा भएपछि हिसानले चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाभरका नीजि उच्च शिक्षालयमा कार्यरत सवारी चालक र सहचालकहरुलाई प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्याम महत्तोले प्रशिक्षण दिनुभएको थियो ।
सो क्रममा नीजि शिक्षालयका सवारी चालक र सहचालकहरुले बजार क्षेत्रका केही निश्चित स्थानमा विद्यार्थी ओसार्ने सवारी साधनका निम्ति केही सहज व्यवस्था गरिनुपर्ने ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए । खासगरी बजार क्षेत्रमा नो पार्किङ् व्यवस्था गर्दा विद्यार्थीलाई नै मार पर्ने गरेको छ । नीजि शिक्षालयका सवारी चालक र सहचालकले राखेका गुनासाको सम्बोधन गर्ने ट्राफिक प्रहरी प्रमुख एसपी महत्तोले बताउनुभयो ।

सचेतना कार्यक्रममा हिसान सुनसरीका प्रदेश नं. १ का वरिष्ठ उपाध्यक्ष गणेश दुलाल, सुनसरी हिसानका सल्लाहकार केशव खड्कालगायतको उपस्थिती रहेको थियो । कार्यक्रम हिसान सुनसरी अध्यक्ष सागर भट्टराईंको सभापतित्वमा भएको थियो ।



