इटहरी पुरानो र लोकप्रिय क्लब राष्टिय जागृती क्लबको अध्यक्षमा सन्तबहादुर डुम्जन सर्वसम्मत चयन भएका छन ।क्लबको शुक्रबार सम्पन्न ३५ औं साधारणसभा तथा अधिवेशनले डुम्जनलाई आगामी दुई वर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
क्लबले निवर्तमान अध्यक्ष बासु श्रेष्ठलाई विगत दुई वर्षसम्म सफल नेतृत्व हाकेकोमा धन्यवाद ज्ञापन समेत गरेको छ । यस्तै क्लबले रिक्त एक सदस्यमा इटहरीका पूर्णबहादुर राईलाई सर्वसहमत चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा क्लबका निबर्तमान सचिव केशव कार्कीलाई चयन गरेको छ। सचिवमा क्लबका निवर्तमान सहसचिव श्याम मानन्धर, उपसचिवमा नारायण ढुंगाना र कोषाध्यक्षमा अनुरोध थापालाई सर्वसम्मत चयन गरेको छ । अधिबेशन उद्घाटनको अवसरमा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेल, वडा नंं. ९ का अध्यक्ष जितेन थापा लगायतले क्लबले इटहरीको खेल क्षेत्र सहित सामाजिक क्षेत्रमा समेत योगदान दिनुपर्ने आवश्यकता औल्याए ।


