धनकुटा । जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिवारबाट तेस्रो धनकुटा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

गोकुण्डेश्वर माध्यमिक विध्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईको अध्यक्षतामा शुरु गरिएको प्रतियोगितामा छेलो, भलिबल, आठसय मिटर दौड छात्रा, छात्र, एकसय मिटर दौड छात्रा, छात्र, चारसय मिटर दौड छात्रा, छात्र, दुईसय मिटर दौड छात्रा, छात्र, हाईजम, लङ्जम, सटपुट, एकहजार पाँचसय मिटर दौड, तीनहजार मिटर दौड, त्रिपलजम, ज्याव्लिङ्ग थ्रो, भलिवल, रिलेलगायतका लगाएका विधाका खेल भईरहेको आयोजक संस्थाका संयोजक यज्ञ प्रकाश चापागाँईले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिका स्थित खेलमैदानमा शुरु भएको प्रतियोगिता फाल्गुण ६,७ गतेसम्म सञ्चालन हुने १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शनिवार निजामति आवासीय माध्यमिक विध्यालय, धनकुटा बोडिङ्ग स्कुल, हिले मावि, गोकुण्डेश्वर माध्यमिक विध्यालय, भाषा मावि, जनकल्याण माध्यमिक विध्यालयलगायतका धनकुटा नगरपालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहने छ ।
शनिवार सम्पन्न रनिङ्ग खेलमा पहिलो, दोस्रो, तेस्रो भएकाहरूलाई पुन आईतबारको खेलमा समावेश गरि पहिलो, दोस्रो र तेस्रो छनौट हुनेछन् । सम्पन्न प्रतियोगितामा धनकुटा नगरपालिका उपप्रमुख भिमादेवि खनाल, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, शिक्षा समन्वय ईकाई प्रमुख मोहन राईलगायतको उपस्थिति रहेको थियो ।


