सुन्दरहरैचा/ मोरङमा हिजो २ अलगअलग स्थानमा भएका दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।

                प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो बिहान सुन्दरहरैचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्कुटर चालकको ज्यान गएको हो । सो दुर्घटनामा सुन्दरहरैचा–५ का ५० वर्षीय चक्रबहादुर श्रेष्ठ घाइते भएका थिए । उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, हिजो राती ११ बजे बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु. १८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका विराटनगर–४ का २६ वर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका विराटनगर–५ का २४ वर्षीय अमन खान र अर्घाखाँचीको सन्धिखर्कका ४८ वर्षीय विष्णु परियारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।