“ निर्मला पन्त जस्ता हजारौ वालवालिकाहरुको बलत्कार भई हत्या भईरहेको छ भने हजारौ महिला हिंसामा परी तड्पिरहेका छन् । पारीवारीक दाम्पत्य जिवनमा आँच आई सम्बन्ध विच्छेद जस्ता समस्या निम्तीनुका साथै पुरुष हिंसा पनि बढीरहेको छ ।”
संसारमा महिला हिंसा एकदमै बढेर गएको छ । यसको प्रभाब नेपालमा पनी बढेर गएकोछ स्वभाबिक रुपमा नेपालको पश्चीम क्षेत्रमा निर्मला पन्तको बलत्कार पछि अझ बढी बढेर गएको छ । दिनानुिदन अझ बढी बलत्कारका घट्नाहरु बढेर गएका छन । प्रत्यक दिन हाम्रो देसमा पूर्व मेचि देखी पश्चीम महाकाली सम्म बलत्कारको घटना तिब्र रुपमा आगो सल्केर गएको छ । सारा बिश्व आज बलत्कार ो घट्ना बाट तरङ्गत भएको छ । यसमा पनि अझ निर्मला पन्तको बलत्कार पछि हत्याको घट्नाले हाम्रो देशमा तहल्कानै मच्चीएको छ । देशमा सुसान हनी न्याय नभए जस्तो आज पनि निर्मला पन्तको परिवारले न्याय पाएको छैन । यो घट्नाले देश ब्यापि रुपमा न्याय उपयुक्त रुपमा पाउनु पर्ने कुरामा जोड दिएको छ । २-४ जना प्रहरी हरुलाई कार्बाही गर्दैमा र आयोगका पदाधिकारी फेर्दैमा उत्त कन्चनपुर बलत्कार प्रकरणको सत्य र तथ्य बाहिर आउन सक्दैन । आज उत्त प्रकरण देशै भरी भाईरल र क्रोनिक हुदै गएको छ । हजारौ महिला सडकमा सुति बिरोध जनाई रहेका छन । निर्मला पन्तको फोटो सहितको पोष्टरहरु जता ततै टासियका छन् । हजारौ बलत्कारी हत्यारा रक्त पिपासु यसमा गाँसीएका छन । सरकार प्रहरी प्रान मौन छ । घट्नाले धेरैदिन नाघिसकेको छ । तर सबैतिर सबै रहस्य मौन अनी गुपचुक छ । कन्चनपुर हत्या प्रकरणको पोष्टरमा लेखिएको छ । “सरकार भेटियो,न्याय भेटिएन” त्यसैगरी अंग्रेजिमा लेखिएको छ ।
( justice delayed is justice denied) यसरी ब्यापक रुपमा देशैभरी यस घट्नाको आवाज उठ्न थालेको छ । पोष्टर टान्छिन तर प्रहरी द्धारा च्यातीन्छन ।यो कस्तो खेल हो। यो कस्तो बेमेल हो । राज्यमा दुईतिहाईको सरकार अनिसातवटै प्रदेश मध्य छ वटै प्रदेशमा वाम पन्मि पन्थिहरुकोबहुमतको सरकार रहेतापनि समस्या ज्युकातियु रहेको छ । मुलुकमा आज जनताको मनमा न्याय र्छैन जस्तोएको छ । आम नेपाली का मनमाग गुमराह पैदा भएको छ । सबैमा उसुक र मुसुक आयको छ ।
निर्मला पन्त आफैमा एक होनहार नेपालीचेलि, एउटी हबोध बालिका भएकाले घट्नाले हाफै प्रब्च्याउछ । कि यहाँ महिला हिंसा भएको छ । महीला प्रती हुने हिसांलाई महिला हिसं भनीन्छ । त्यो हिंसा चाहे घरमाहोस , चाहे बजारमा वा शहरमा वा बिदेशमा । जहाँ पनि महिला प्रति गरीने हिंसा लाई महीला हिंसा भनिन्छ । महिला हिंसा लैंगिक रुपमा , जातिय रुपमा अनि जुनसुकै रुपमा भएपनि त्यो महिला हिंसा नै हा घरमा हाफ्नै श्रीमान द्धारा गरिने हिंसा , जवरजस्ति करणी हाडनाता करणी बलत्कार जस्ता अपराध जघन्य घटना नै महिला हिंसा हो । आधी आकास ओगट्ने महिला आज चुलो चौकामा सीमित रहिनुपर्ने , कसैको खेलौनाको रुपमा प्रयोग हुनु पर्ने बिडम्बना रहेछ । यसले हाम्रो जस्तो मुलुकमा जहाँ पितृसतात्मक सामाजीक अबस्था अनि अर्को तिर महिला अवलला , कमजोर दुर्बल हुने भएको तिनिहरुलाई जे पनि गर्न सकिन्छ भन्ने मान्यता रहि आएको छ । यदी यस्तै सोच आजको २१औ शताब्दीमा पनि रहि रहेको पकै पनि हामी महिला हिंसाको अन्त्य गर्न सक्दैनौ । उल्टै अझ बढि बढेर जान्छ । महिलामा महिला हिंसा कम गर्ने आज एक जना बिदेसी महिलाले “मिटु” आन्दोलन मार्फत हरेक क्षेत्रमा महिलालाई हिंसा कम गरी सुरक्षीत बनाउने तर्फ जोड दिएको छ ।
मानिस प्राकृतिक प्रदत्त एउटा सृष्टि हो । जब मानिस र सनिब प्राणीको उत्पति भयो , त्यतिबेला देखि नै हरेक कार्यमा मानबिय गतिबिभी बढ्न थाल्यो । पक्कै पनि समाजमा मानिस बिबेकसील , चिन्तनशिल अनि प्रगति शिल प्राणीको रुपमा बिकसीत हुदै गयको देखिन्छ । समाजमा अरुपनि प्राणीहरु छन् तर ती प्राणीहरु मनिस हरुजस्ता छैनन् । त्यसैले मानिस अब्बल दर्जाको प्रणी हो । उसमा बुद्धी , बिबेक ,वर्गत , ल्यकत , क्षमता , शक्ती अनि थुप्रै खाल्का ज्ञनहरु रहेका हुन्छन। स्वभावले उ समाजमा भिन्न खाल्को एउटा सृजना हो । हिन्दु बोदिक सनातन धर्मका अनुसार ब्रम्हाण ,क्षेत्रि ,बैश्य र शुद्र लगायत भार जातहरु भएतापनि प्राणीहरुको दुई जात हुन्छन । वसमा पुरस र महिला हुन्छन् । प्रकृतिले नै उनिहरुलाई आ -आफ्नो स्वरुपबनाई दियको हुन्छ ।त्यसैले पुरुसमा दाह्री , जुँगा, लिङ्ग विर्य थैलि हुन्छ भने महिलामा स्तन , योनि ,पाठेघर जस्ता यौनाङ्ग हरु हुने गर्दछन । पुरुस र ाहिलाको समागम पछि गर्भ धारण हुन्छ । र भ्रुणको उत्पति हुन्छ । र निस्चीत समयपछि बच्चाको जन्म हुन्छ । यसरी प्रकृतिले दियको जुन एउटा बिधि बिधान छ । त्यो भन्दा पर हामि जान सक्दैनौ । कुनै सजिबको जन्म पश्चात बच्चा हुन्छ , किसोर हुन्छ ,युवा प्रौड हुन्छ र मर्छ । अर्थात कुनैपनि रुख हुर्कियपछि ठुलो हुन्छ , फुल फुल्छ , फल फल्छ , पात झर्छ बुडो हुन्छ र मर्छ । यो कुरा ब्रहाण्डीयसत्य हो संसारको धुब सत्यलाई कसैले छेकेर छेकिन सक्दैन । त्यसैले वालक वा वालिका यौबन अबस्था भएपछि यनिहरुको बिहे हुन्छ । स्वभाबिक रुपमा उनिहरमा संबेग हुन्छ, यौन तृष्णा हुन्छ हनि योन कृडापनि चल्छ । यो निरन्तर चली रहने प्रकृया हो । यदि यो प्रकृयामा कसै कतैबाट रोक लगाईएमा त्यसले भयामहको अवस्था सृजना गर्दछ । त्यस्तो कुरो. आफैमा प्रतिकुल हुन्छ अनि अफाप सिद्ध हुन्छ ।
हामि मानब जाति आज कमप्युटर युगमा रहेकाछौ । त्यो प्रचिन जंगलि ढुंगे युगदेखि आज हामि मंगल ग्रहमा “इनसाइट” यन्त्र मानब मंगल ग्रहमा समेत अवतरण गरेको युगमा छौ । अर्थात बढ्दो खोज,अनुसन्धान अनि बैज्ञानिक युगमा प्रबेश गरिसकेका छौ। तसर्थ यस्तो बैज्ञानिक युगमापनि हामि चाहि हिंसाको युगमा रुमल्ली रहेका छौ यही पुरातन विचारमा अल्झी रहेकाछौ । र्दैनिक महिला हिंसा निम्त्याइ सहेका छौ। जसको चपेटाको सिकारमा हाम्रा हजारौ लाखौ चेलिबेटि र दिदी बहिनीको अस्मिता लुटिएकोछ । दिनदहारै बलत्कार यगरि हत्या गरीएको छ । एक तथ्याङ्क अनुसार प्रदेश नं. १ मा साउन १ देखि कार्तिक मसान्त सम्ममा जबरर्जस्ती करणीको १६० वटा घटना घटेको पाईन्छ । त्यसैगरि गरिएको १५ महिना काठमाण्डौ उपत्यकामा चल्ने सार्वजानिक बस भित्र महिला माथि दुब्र्याबहारका ३६३ वटा घट्ना घटेका छन् । यसले के प्रस्ट हुन्छने दिनानुदिन महिला हिंसा दिन दुई गुणा रात चारगुणाझै बढ्दै गएको छ । यसलाई समएमै रोक्न सबै पक्षमा ध्यान दिन जरुरी छ ।
निर्मला पन्त जस्ता हजारौ नेपाली बालिकाहरुको बलत्कार गरि मृत्युमा धकेलिन् भने हजारौ महिलाहरु महिला हिंसामा परेका छन भने अर्को तर्फ हजारा लाखौ दम्पत्तिहरुको यौन प्रकरणको कारण ले दैनिक रुपमा सम्बन्धबिच्छेद भईरहेको छ । वर्तमान अवस्थामा बिभिन्न करणले गर्दा श्रीमान श्रीमतिको वा सिङ्गो परिवारमा तनाव सृजना परिारमा विग्रह ,झैझगडा अनि ठुला आले समस्याहरु निीम्तरहेको छ स्वाविक रुपमा मान्छेले पाएँने गाँस,वास, कपास ,शिक्षा ,स्वस्थ, सुरक्ष बिकाश पाउने नैसगिक अधिकार भित्र यौन अधिकार पनि पर्दछ ।
उसले आफ्नो परिवारमा रमेर आफ्नो दैनिक कार्यहरु गर्न पाउनुपर्छ सामुहिक परिवार धान्न नसकेर एकल परिवारमा छुट्टीन पुगेका हजारौ परिवार मा सम्पतिको कारणले ,अहमताको कारणले ,श्रीमानलाई कज्याई दानुपर्ने कारणले आज परिवारमा पुरुष हिंसा पनि बढेको छ दिनभरि काम गरेर घरमाआउँदा श्रीमतिको करकर , बचाहरुको कर्कस टोकाई , सम्पति नभएको पाल्न नसकेको ,खान नदिएको , चाचा नाना पोेते नदिएका भन्दै तनाबैतनाबमा श्रीमान लाई राख्ने हनि सिङ्गो परिवारमा समस्या ग्रस्त हुने अबस्था छ। ऋर्को तर्फ गरिखाने , जागिरखाने बहानामा अर्कै लोग्ने मानिस सँग घुम्ने,रतिक्रिडा गर्ने ,संसारमा बस्ने हाम्रा महिला हरुको दिनचार्य भएको छ जसको कारणले घरमा पिडा ,तनाब ,समस्या श्रीमान र श्रीमती बिच बढेको देखिन्छ । आफ्नै श्रीमति सँगपनि उठबस गर्न भाडा दिनुपर्ने गारो हुनृ पर्ने यस्तो अबस्थामा आम मानिसहरु विकराल रुपमा फैलियको छ । परापुर्ब कालदेखि चलीआएको जुन एउटा प्राकृतिक चलनमा जुन बिचलन आयकोछ जसले गर्दा बलत्कारलाई बढावा दिएको छ । पुरुष पनि परस्त्री सँग सहवास गर्नुपर्ने , बाहिर बाहिर बस्नुपर्ने अवस्था निम्त्याएको छ जसले गर्दा आम्रो होटल रेष्टुरेन्टमा दिन दहाडै यौन क्रीया , देह ब्यापार बढेको पाईन्छ । राज्यको कानुनले बन्देज गरेपनि कैयौ ठाउँमा प्रहरी द्धारा पक्रउ गरि कानुनि कार्वाही चलायपनि आम रुपमा नेपाली दम्पतिहरुको समस्या नसुल्झे सम्म बलत्कार , यौन ब्याकसाय जस्ता समस्याको हल हुदैन ।
अन्त्यमा ,
समग्र रुपमा बलत्कार जस्ता जघन्य अपराधका घट्ना कम गर्न कानुनी ब्यबस्था चुस्त र दुरुस्त बनाई कार्बाहि गरिनु पर्दछ । कठोर कानुन बनाउनु पर्छ बलत्कारको बिरुद्ध आ-हाफ्नो ठाउँबाट आवाज उठाउनु पर्दछ । चाहे महिला हिंसाहोस वा पुरुष हिंसा वा जघन्य बलात्कारका घट्ना होस सबैलाई न्युनिकरण गर्न आम रुपमा सचेतना कार्यक्रमहरु चलाईनु पर्दछ । परिवारीक रुपमा घरमै यौनसंवेग पुरा गर्ने वातावारण तयार गरिनु पर्दछ । देह ब्यापारलाई निरुत्साहित गर्न उनिहरुलार्य बैकल्पीक पेशादिई उनिहरुलाई परिवर्तन गरिनु पर्दछ । छोरा कपडा लाउने , तडक भडक लगाई सडकमा नग्नशरिर प्रदर्शन गरि यौन उत्तेजना र्गो खाल्का क्रीयाकलापमा रोक लगाउनु पर्दछ । यौन एउटा प्राकृतिक कार्य भएकाले यो एउटा नभई नहुने काम पनि भएकाले यसलाई समान्य रुपमालिई यसको प्रयोग गरिनु पर्दछ । यौन प्रतिको यस्तो मानसिकतामा परिवर्तन ल्याईनु पर्दछ यसरी यसो गरेमा हाम्रो यौनकार्य पनि सुरक्षीत हुने र तमाम वालवालिका को भबिश्य पनि सुरक्षीत हुने र महिला हिंसामा समेत न्युनिकरण हुन्छ साथै पुरुस हिंसा पनि कम भई सिङ्गो घरपरिवार समाज परिष्कृत र सम्य हुने कुरामा दुई मत नहोला ।
बद्रीकुमार थापा
ईटहरी


