वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता हुने भएको हो ।

नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति  सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ ।

 प्रतियोगिता हुने स्थानमै  प्रतियोगिता बारे पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो । १७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त  प्रतियोगिता सञ्चालन हुन लागेको माझी उत्थान संघ सुनसरीका अध्यक्ष घनश्याम माझीले जानकारी दिए ।

आफ्नो जातीय संस्कृती साथै माझीहरुको प्राचीन पेशा ढुङ्गा नाउ लाई संरक्षण गर्न सचेत गराउने उदेश्यका साथ ढुङ्गा (नाउ) प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष माझीले जानकारी दिए ।

वराहक्षेत्र नगर खेलुकद विकास समितिसँगको सहकार्यमा हुने प्रतियोगिताको बिजेताले  नगद १५ हजार प्राप्त गर्ने छन्  । यस्तै उपविजेताले १० हजार तथा  तृतीय हुनेले  ५ हजार  नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।