ईटहरी/ सुनसरी ईटहरी वडा नं. ४ स्थित सार्वजिनक बाटोमा लागूऔषध बिक्रि वितरणको  गोप्य  सूचनाको आधारमा प्रहरी  द्वारा   दमक वडा नं. १ बस्ने मदन लिम्बु पक्राउ 

  खानतलासी गर्दा  हातमा बोकेको कालो रंगको झोला भित्र लुकाई राखेको अवस्थामा LUPIGESIC ४६ एम्पुल ,DIAZEPAM ९६ एम्पुल र PHENERGAN ४६ एम्पुल समेत फेला परेकोले  लागू औषध सहित   लिम्बुलाई  पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट  ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ  ।