भुटानी शरणार्थीको कथामा आधारित सम्हालिएको जाति कथानाक चलचित्र निर्माण हुने भएको छ। चलचित्रको सुटिङ् ७० प्रतिशत अमेरिकामै भइ सकेको छ ।

                       अब बाँकी ३० प्रतिशत भने सुटिङ नेपालमा हुने फिल्म निर्माता कम्पनी

कोशी भिजन फिल्मसले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो । चलचित्रको नायकको भूमिकामा विक्रान्त विश्वा रहेको  र कुल लगानी झन्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

           २०२३ को अन्तिम सम्ममा रिलिज हुने चलचित्रका निर्देशक सन्तोष रामजामका अनुसार सके सम्म विश्व भरि नै  रिलिज गर्ने तयारी भइरहेको छ । चलचित्रमा नेपालीमा कलाकार बुद्दि तामाङ् र गायिक अञ्जु पन्तको भूमिका रहनेछ ।