इटहरी । इटहरी वडा नम्बर ८ ले चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
इटहरी ८ मा रहेको सरस्वती सतन मा विको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र वडा अध्यक्षले बेलुन उडाएर फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मानिसका लागी स्वास्थ्य भन्दा ठुलो केही हैन भन्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीले बताए ।
साथै उनले यस प्रतियोगीतामा पुरुष तर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागीता रहने जानकारी गराएका छन ।

प्रतियोगितामा आयोजक वडा नम्बर ८ को कार्यलय सहित इटहरी ८ मा रहेका टोल बिकास संस्थाहरु बिच प्रतिस्पर्धा भइरहेको छ ।
२१ गते भएको उद्घाटन खेलमा गोदावरी टोल बिकास संस्थाले जाग्रिती टोल बिकास संस्थालाइ ६ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो ।

२२ गते हुने फाइनल खेल वडा कार्यलय र गोदावरी टोल बिकास संस्था बिच हुने वडा सचिव घनश्याम गिरीले जानकारी दिए ।
प्रतियोगिताको उदघाट्न कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य दिपा राइ,रञ्जना सरदार,सरस्वती सतन मा वि व्यवस्थापन समिति अध्यक्ष अरुण चौधरी,राष्ट्रिय जागृती क्लव इटहरीका अध्यक्ष सन्तबहादुर डुम्जन लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
