इटहरी । किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ। कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि संचालक श्रुति शर्माले जानकारी दिनुभयो ।

प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामांगको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कक्षा २ सम्म संचालनमा रहेको विद्यालयले अमिरिकन पद्धती बाट गुणस्तरीय शिक्षा दिइरहेको र आउदो दिनमा थप कक्षा संचालन गरि प्रविधिमैत्री शिक्षा प्रदान गर्ने संचालक शर्माको भनाई छ। उक्त विद्यालयमा ६५ बिधार्थी अध्यनरत छन्।



