क्यान्सरबाट ग्रसित सुन्दरहरैचा जुपिटर इङलिस स्कुलमा कक्षा२ मा अध्ययनरत  सात वर्षिय बालक कौसल थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ ।         

                जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ को अगुवाइमा स्व रविन पोख्रेलले  नेतृत्व गरेर सहयोग जुटाउने तयारी सकेर घर फर्किदै गर्दा पोख्रेल  को सडक दुर्घटनामा परि मृत्यु भएको थियो उक्त तयारी लाई जुपिटर इङलिस स्कुल, एसएलसी  २०६३ ब्याच र स्व=रविन पोख्रेलका परिवारले  क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि  रु.  १,४७,२०० सहयोग  रकम संकलन गरि थापाको परिवारलाई हस्तान्तरण गरेको छ ।    

                 जुपिटर इङलिस स्कुलमा भयको उक्त हस्तान्तरण कार्यक्रममा प्रधानध्यापक हरि चन्द्र ढकाल ,बिद्यालय व्यवस्थापन  समितिका अर्जुन अधिकारी, लक्ष्मी गौतम, स्व. पोख्रेलको आमा सुमित्रा पोख्रेल दाजु कुमार पोख्रेल  साथै जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३  का  नवराज थापा मगर , किरण गहतराज , संगर्ष कोइराला लगायत स्थानीय बुद्दिजिबी , समाज सेवी, सिक्षक, बिद्यार्थी को उपस्थिति मा स्व.रविन पोख्रेलको सम्झनामा दिप प्रज्वलन गरि थापाको परिवारलाई नगद रु. १,४७,२००  प्रधानध्यापक हरि चन्द्र ढकाल र स्व. पोख्रेलको आमा सुमित्रा पोख्रेल को हात बाट  थापाको परिवारलाई हस्तान्तरण गरेको छ ।    

 साथै एक असल साथी जो सामाजिक कार्य मा सधै अघि बढी साथ र हौसला दिन्थियो उसको अभाव सधै रहने जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ का बिद्यार्थी हरुले बताएका छन् ।    

334205255_3305602509701478_2132075940999481407_n