इटहरी : इटहरीमा लेखक सुविन भट्टराईद्वारा लिखित इजोरिया उपन्यासमाथि संवाद हुने भएको छ ।
इटहरी जुनियर जेसीजले आयोजना गर्न लागेको ‘केआईईसी इजोरिया इटहरी संवाद’ मा इटहरीका विभिन्न कलेजहरूमा कार्यक्रम आयोजना गरिने भएको छ । यहाँका कस्तुरी, कोसी, विश्वआदर्श, सुष्मा र नमुना कलेजमा संवाद हुने बताइएको छ ।
इटहरी जुनियर जेसीजकी अध्यक्ष स्मृति न्यौपानेले विद्यार्थीलाई लेखकसँग संवाद गरी पठनशैलीमा सक्रिय बनाउन उक्त कार्यक्रमको आयोजना गरेको बताइन् । उनका अनुसार कार्यक्रम दुईदिनको रहनेछ ।
फागुन २८ गते बिहान ८ः३० देखि १०ः३० सम्म कस्तुरी कलेज, सोही दिन ११ः३० देखि १ः३० सम्म कोसी कलेज र दिउँसो २ः३० देखि ४ः३० सम्म विश्व आदर्श कलेजमा सञ्चालन हुनेछ ।
२९ गते बिहान ६ः३० देखि ८ः३० सम्म सुषमा कलेज, ९ बजे देखि ११ बजे सम्म नमुना कलेज र दिउँसो १ बजे देखि २ बजे सम्म केआईईसीमा कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।

