इटहरी । विद्यार्थीहरुको क्षमता वृद्धी तथा प्रतिभा प्रस्फुटनका लागी नागी डान्स सेन्टरद्धारा सञ्चालन गरिएको छैटौँ संस्करणको नाच नाच प्रतियोगिता सम्पन्न भएको छ ।  इटहरीका १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको हो । 

                 इटहरीका विभिन्न १० विद्यालयका ४ सय विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताबाट छनौट भइ फाइनलमा पुगेका २० विद्यार्थीहरुको प्रतिस्पर्धामा इटहरी मोडल स्कुलकी दिपिका चौधरी प्रथम भएकी छिन । WhatsApp Image 2023-03-11 at 18.41.52

यस्तै दास्रो हुनेमा हाम्रो इङलिस बोर्डिङ स्कुलकी जेनी राइ रहेकी छिन भने गार्डेन एकेडेमीकी कृपा तामाङले तेस्रो स्थान हासिल गर्न सफल भएकी छिन । चौथो हुनेमा समता शिक्षा निकेतनकी कृष्टीना श्रेष्ठ, पाँचौ हुनेमा सनराइज इङलिस बोर्डिङ स्कुलकी इबुना श्रेष्ठ रहेकी छिन । 

     नागी डान्स सेन्टरका अध्यक्ष सञ्जिव कटुवालको अध्यक्षता तथा हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराइको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच प्रतियोगिता सम्पन्न गरिएको हो । vlcsnap-2023-03-11-18h28m14s308

प्रतियोगिताको निर्णयकमा बरिष्ठ नृत्य निर्देशक नन्दा राई र दिवश श्रेष्ठ रहेका थिए । प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुने विद्यार्थीहरुलाइ क्रमश नगद रु २५ हजार,१५ हजार र १० हजार साथै ट्रफी प्रमाणपत्र सहित क्रमश १ वर्ष,६ महिना र ३ महिना निःशुल्क नृत्य कक्षाको व्यवस्था गरिएको कार्यक्रम संयोजक नृत्य निर्देशक वसन्त बस्नेतले जानकारी दिए । सोही कार्यक्रमका बिच सहभागी विद्यार्थीका सम्बन्धीत विद्यालयलाइ समेत सम्मान गरिएको थियो । WhatsApp Image 2023-03-11 at 18.41.53