इटहरी : प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार (आज) प्रदेशभर बन्द गरिएको छ ।
किराँत मोर्चाले कोसी प्रदेश नामकरणको विरोधमा बन्द गरेको हो ।
अहिले कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण अहिले कुनै पनि सवारी साधनहरू सञ्चालन छैनन् ।
ठूला देखि साना सवारी साधनसहित मोटरसाइकल समेत चल्न नदिँदा समस्या भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेका अनुसार अहिले इटहरीका विभिन्न ठाउँमा बन्दको प्रभाव छ । इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा अहिले बन्दकर्ताले आन्दोलन गरिरहेका छन् ।

६ लेन सडकमै दुवैतर्फ बन्द गरिदाँ लामो बाटो भएर आउने सवारी साधनहरू गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरूको विचल्ली भएको छ ।
‘बन्दका कारण अहिले गाडीहरू चल्न पाएका छैनन्,’ डीएसपी काफ्लेले भने, ‘हामी नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा बाटो खुलाउने प्रयत्न भइरहेको छ,


