
पार्टी सुद्धीढीकरणका लागी सञ्चालनमा ल्याइएको मिसन ग्रासरुटले पार्टीलाइ थप शक्तीशाली र प्रभावशाली नेतृत्वयुक्त बनाउन अहम भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन । पार्टीका विभिन्न जनवर्गिय तथा पेशागत संगठनका पदाधिकारी सहीतको उपस्थीतिमा आयोजित कार्यक्रमका वक्ताहरुले गठन भएका कमिटिहरु सक्रियता भए नभएको बारे जानकारी लिने र पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ मूल्याङ्कन हुने भएकाले यस अभीयानले प्रभावकारीता पाउनेमा जोड दिएका थिए । एमालेले फागुन ५ गतेदेखि मिसन ग्रास रुट अभियान शुरु गरेको हो भने अभियान आगामी बैशाख ९ गते अर्थात पार्टी स्थापना दिवससम्म संचालन हुने बताइएको छ । कार्यक्रममा नेकपा केन्द्रीय सचीव टोप बहादुर रायमाझी,प्रदेश अध्यक्ष तुलसी न्यौपाने,केन्द्रीय सदस्य तैयाव हुसैन लगायत पार्टीका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।


