इटहरी । इटहरी उपमहानगरपालिकाप्रमुख हेकमर्ण पौडेलले नगर सभालाई लिएर गैरजिम्मेवार रुपमा अभिब्यक्ति दिएको भन्दै एमाले निकट कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।

आज (शुक्रबार) उपमहानगरको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले नगर प्रमुख जस्तो ब्यक्तिले भ्रामक, तथ्यहिन अभिब्यक्ति दिएको भन्दै बिरोध गरेका हुन् ।

उपप्रमुख संङ्गीताकुमारी चौधरी, १५ जना वडा अध्यक्ष तथा नगर सभामा बहुमत रहेको एमाले निकट कार्यपालिका सदस्यले पदिय मर्यादालाई विर्सिएर जनतामा एमालेले नगर बहिष्कार गर्याे भन्ने अभिब्यक्ति प्रमुख पौडेलले दिएको आफ्नो अभिब्यक्ति फिर्ता लिन समेत आग्रह गरेको छ ।

वडा नम्बर ३ का वडा अध्यक्षउमेश सुबेदीले नगर सभा सञ्चालन गर्ने दिनगत चैत ३ गते देखिएका समस्या समाधान गरी सभामा जाने सहमति बनाएको तर सभाध्यक्षले एकाएक जनाउ घण्टी बजाएर सभा स्थगित गर्नुले स्थानीय सरकारको नीति नियममा मेयर नहिडेको बताए ।

उनले धेरै जना सदस्य रहेकाले अर्काे कोठामा लगेर सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्दागर्दै एमालले बहिष्कार गर्याे भन्नुले पौडेलको नियत नै खराब रहेको बताए ।

सभा स्थगित भएको एक हप्ता बित्न लाग्दा पनि नगर सभा आह्वान नगर्नुले मेयर जनताको दायित्वभन्दा बाहिर बसेको आरोप लगाए ।

अध्यक्ष सुबेदीले मेयरलाई नगर सभाको मिति तोक्न आग्रह गर्ने यदि चासो नदेखाए कानुनी बाटो रोज्ने बताए ।