इटहरी ।  इटहरीमा  स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ 

पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा  सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका  कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।

           सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले विभिन्न सामाजिक कार्य सक्रियताका साथ गरिरहेकोले बिद्यार्थीहरुले पनि  भर्खैरै मात्र विश्व आर्दश कलेजमा  गठन भएको स्टुडेन्ट क्वालीटी सर्कलबाट सामाजिककामको  पहिलो कार्यक्रम  रक्तदान कार्यक्रमको आयोजना गरेको कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।

             स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने रगत आवश्यक पर्ने विरामीहरुले सहज रुपमा रगत पाउन भन्नका लागि स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजले रक्तदान कार्यक्रम आयोजना गर्दा समाजिककार्यमा  देखियको विद्यार्थीहरुको हौसलाले  कलेज परिवार खुसि रहेको विश्व आर्दश स्कूल प्राचार्य गणेश दुलालले बताउनु भयो। 

337711443_3050166035285396_5206629073618076174_n