इटहरी / सिजी कम्पनीले स्थानीय सरकारसँग कुनै समझदारी नगरिकन इटहरी क्षेत्रमा इन्टरनेटको लाइन विस्तार गरि रहेको छ।
आफ्नै पाराले मनोमानी ढंगले इन्टरनेट लाइन विस्तार गरेपछि वडा नं. १७ का वडाध्यक्ष प्रभात आचार्यले भने विस्तारको काममा रोक लगाउनुभएको छ। आचार्यका अनुसार स्थानीय सरकारको अनुमति बिना अव्यवस्थित ढंगले इन्टरनेट विस्तार गर्दा दुर्घटनाको खतरा बढनुका साथै बजार क्षेत्रको सौन्दर्य समेत विग्रिने हुँदा रोक लगाइएको हो ।
विजुलीको पोल पुरानो भएको र त्यसमा स्थानीय सरकारले जडान गरेका वत्तीमा समेत इन्टरनेट विस्तार गर्दा असर पुग्ने भएकाले पनि रोक लगाइएको आचार्यले बताउनुभयो ।
सिजी कम्पनीले भने वडाले माग गरेको आवश्यक कागजात उपलब्ध गराउने र माथिल्लो निकायसँग अनुमति लिएरै काम गरेको जनाएको छ। सिजी कम्पनीका दिपेश सन्जेलले वडा र नगरसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।


