विराटनगर : कोसी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने भएको छ ।

प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदालाई फाइनल गरेर सभामुखलाई बुधबार हस्तान्तरण गरेको छ ।

हस्तान्तरण भएको नियमावलीमा अघिल्लो प्रदेशसभा संचालन नियमावलीका कमजोर पक्षलाई संशोधन गरिएको र कतिपय महत्वपूर्ण प्रावधान थप गरिएको मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

प्रश्नोत्तर गर्ने विषयमा अघिल्लो नियमावलीमा संघकै संसदको कपि गरिएको थियो । त्यो घुमाउरो, लामो र झन्झिटिलो भएको कारण अघिल्लो प्रदेशसभाको अवधिभरमा उक्त प्रश्नोत्तर विधि अभ्यास नै हुन सकेन ।