इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ९ को जुटबिकाश टोल र लालीगुराँस टोल जोड्ने साथै समग्र ईटहरी उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालीका जोड्ने वैकल्पिक पैदल यात्राको रूपमा प्रयोग हुँदै आएको झुलुङ्गे पुल झन्डै पांच बर्षअघि विनासकारी बाढीले बगाएको थियो । उक्त पुल गत बर्स मात्रै निर्माण भइ संचालन मा आएको हो । छोटो समयमै जीर्ण साथै असुरक्षित भएपनि सम्बन्धित निकायले ध्यान पुर्याएको छैन ।

इटहरी उपमहानगरपालिका वडा नं ९ कार्यालयले सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत यसलाईध्यान नदिएको वडा अध्यक्ष जितेन्द्र थापा ले बताउनु भयो । जीर्ण झुलुङ्गे पुलले जनधन को क्षति नहोस भनेर सुन्दरहरैचा नगरपालीका वडा ४ का अध्यक्ष कैलाश बस्नेत लगायत प्रहरी, स्थानी बुद्धिजीबी, समाजसेवी को सहकार्यमा हाललाई यो पूल बन्द गराइएको अध्यक्ष थापा ले बताउनु भयो ।

सिमानामा पर्ने पुल बन्दका कारण बाट पार्न गएको असुविधालाइ ध्यानमा राख्दै सम्बधित ठाउँ मा पहल गरि चाडै मर्मत गरि खुलाउन पहल गर्ने इटहरी उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष जितेन्द्र थापा र सुन्दरहरैचा नगरपालीका वडा ४ का वडा अध्यक्ष कैलाश बस्नेत ले बताउनु भयो।


