धरान विगत १८ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो  १८ औं वार्षिक उत्सब  तथा १६ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सम्पन्न गरेको  छ । 

शुक्रबार र  शनिबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी वार्षिक उत्सब  तथा दिक्क्षान्त समारोह  सम्पन्न गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा  पहिलो दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल बिशेसग्य डा. प्रकाश  पौडेल र दोस्रो दिन धरान नगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।  

338264541_193208130150497_7200123986756007159_n

  समारोहमा विधार्थीहरुले  गायन, नृत्य,  तथा नाटक  प्रदर्शन गरेका थिए । वार्षिक उत्सब  तथा दीक्षान्त समारोहमा  कक्षागत  उत्कृष्ट विद्यार्थी, उत्कृष्ट क्याप्टेन लगायत विभिन्न  उत्कृष्ट विद्यार्थीलाई  सम्मान गर्नका साथै शिशु कक्षा र  ५ कक्षा का विद्यार्थी  लाई दिक्षान्त गरिएको थियो । 

338319905_625895882713630_8305552724726230535_n

१८ वर्ष देखी ञ्चालनमा ल्याईएको धरान मन्टेश्वरी शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै  साथै  बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम  रहेको यस  मन्टेश्वरीमा दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन हुँदै आएको छ जसले गर्दा सबैको मन जित्न सकेको प्रिन्सिपल माया राई  अग्रवालले बताउनु भयो  ।