इटहरी । इटहरी उपमहानगर वडा नम्बर चार कमिटिको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ
इटहरी स्थित कचना स्कुलमा भएको हाजिरी जवाफ प्रतियोगितामा २२ नम्बर व्यापारी शाखा प्रथम भएको छ । नेकपा एमाले चार नम्बर वडा कमिटिले आयोजनाले गरेको प्रतियोगितामा दोश्रो आयोजक र तेश्रो वडा नम्बर आठ कमिटि भएको छ ।
विजयी समुहलाई क्रमशः प्रथम पाँच हजार नगद सहित सिल्ड प्रमाणपत्र, दोश्रा नगद तिन हजार सहित सिल्ड प्रमाणपत्र र तेश्रोलाई एक हजार नगद सहित सिल्ड प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश ईन्चार्ज राजेन्द्र गौतमले यसरी पार्टीका गतिबिधि कम भएकाले वडा तहमा ज्ञान बर्दक प्रतियोगिताको आयोजना गर्नु राम्रो कार्य भएको प्रशंसा गरे । उनले कार्यकर्ताले नेताको भाषण मात्रै सुन्ने परम्पराको अन्त्य गर्दै रचनात्मक शैलीबाट पार्टीलाई सक्रिय बनाउन आग्रह गरे ।

वडा नम्बर चार पार्टी कमिटि अध्यक्ष सुनिल कार्कीले स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा कार्यकर्ता खट्ने तर अन्य कार्यमा पछि पर्ने गरेको गुनासो सुनिएपछि बौद्धिक प्रतियोगिताको आयोजना गरिएको बताए।

अध्यक्ष कार्कीले एमाले कार्यकर्ता झण्डा बोक्ने मात्र हैन समाजका हरेक क्रियाकलापमा सक्रिय रहेको बताए । उनले यस्ता प्रतियोगिता आगामी दिनमा पनि आयोजना गर्ने प्रतिबद्धता जनाए । हाजिरी जवाफ प्रतियोगितामा ११ वडा कमिटिको सहभागि रहेको थियो । प्रतियोगिताको संचालन नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेस कमिटि सदस्य अनिल पोखरेल गर्नु भएको थियो।


