धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीको बुधबार भएको अधिबेशनले हर्कजंग एभेङको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ । 

स्थानीय तहको पुनः संरचना पछिको प्रथम अधिबेशनले एभेङको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशन धरान(१५ स्थित चुम्लुङ हिममा मङ्गलवार र बुधवार चलेको थियो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा पारस काङमाङ, सचिवमा राजेन्द्रकुमार राई, उपसचिव द्वय दिवस राई र योगेशबाबू काफ्ले सर्वसम्बत निर्वाचित हुनु भएको छ । 

निर्वाचन कमिटी संयोजक गोविन्द मिश्रका अनुसार कार्यसमिति सदस्यहरूमा २० वटा वडा भूगोलबाट शान्तिराम खतिवडा, विकास भुजेल, हरि प्रसाद शाही, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, भुवनसिंह बस्नेत, टल्के तामाङ, धन बहादुर राई, टेकबहादुर कन्दङ्वा, लोक कुमारी श्रेष्ठ, शिवकुमार राई, कृष्ण बहादुर राई निृर्वाचित हुनु भयो । 

यस्तै राधिका राई, गोपालबहादुर तामाङ, पूर्णदेवी राई, आइतबहादुर लिम्बू, ब्रहमज्ञ भट्टराई, राज कुमार तामाङ, देवराज श्रेष्ठ, हरिबहादुर कार्की, रबिन बर्देवा, लक्ष्मण श्रेष्ठ, जगत बहादुर भारती,रत्न कुमार नेम्वाङ छन् ।

342374337_215901011139111_3438864825885982103_n

यस्तै सग्रामसिंह लिम्बू, सरिता श्रेष्ठ गिरि, निरमाया विश्वकर्मा, हीरादेवी राई, सुरेश कुमार श्रेष्ठ, हिमाल कार्की, दिनेश कोइराला, सीमा राई, विनोद राई, नवीन राई, राजकुमार राई ,झुमादेवी गुरुङ,प्रताप तामाङ रहनु भएको छ ।

मजदुर शाखाबाट कमल भट्टराई र गोपी योगी, युवा विद्यार्थीबाट रतन लिम्बू, दिलकुमार लामिछाने, विवेक राई, सुजता खकुरेल रहनु भएको छ । दलितबाट सुनिता सेन्चुरी, दीपक दर्नाल, कमला बिक छन् । महिला खुल्लाबाट कमला श्रेष्ठ, सीता राना राई, सिर्जना नेपाल, झरना सुनुवार, शकुन्तला भुसाल, दुर्गा कुमारी घिमिरे, मिसन लामा, विजयकला राई, मनु मोक्तान छन् ।

342347988_145543918439878_950116758647496393_n

मधेसी मुस्लिम रअल्पसङ्ख्यकबाट देव शाह, अव्वास अन्सारी, नुमा लिंखा राई, आदिवासी जनजातिबाट  दीपक लिम्बू, प्रवीण राई, कल्पना थापामगर छन् । खुल्लाबाट दामोदर गुरागाईँ, मनोज राउत, दिवस बालाखाम, मनकुमार राई, सुजता राई, अनुप देवान, विमला श्रेष्ठ, ऋचा शकर, आनन कुमार राई, सुशील सुवेदी, कुलचन्द्र न्यौपाने, चन्द्रबहादुर भुजेल, देवाहाङ राई रहनु भएको निर्वाचन समितिले जनाएको छ । 

अधिबेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र गौतमले गर्नु भएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूवृ मन्त्री राजेन्द्र राई, कोशी प्रदेश अध्यक्ष न्यौपाने, जिल्ला अध्यक्ष रेवतीरवण भण्डारीलगायतको उपस्थिति रहेको थियो । बन्द सत्रको अध्यक्षता राजेन्द्र राईले गर्नु भएको थियो । सोही अवसरमा पार्टीलाई महत्वपूर्ण यागेदान गर्ने जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मानसमेत गरिएको थियो। 

342323522_679934377142219_1575386166194387852_n

सुनसरी–१ इञ्चार्ज र केन्द्रीय सदस्य उपस्थित भएनन्, उपमहानगर सचिव पनि अनुपस्थित

नेकपा एमालेमा फुट आए पछि दुई वटा समानान्तर कमिटी बनेको थियो । ओली पक्षबाट अध्यक्ष बनेका एभेङ सर्वसहमितमा पुनःअध्यक्ष बन्नु भएको छ। त्यस बेला एमाले नेता मुरारी सुवेदीको जोडवलमा अध्यक्ष बन्नु भएको थियो। तर आफ्नै भूगोलको उपमहानगर कमिटीको अधिवेशनमा सुनसरी क्षेत्र नं. १ का इञ्चार्जसमेत रहनु भएका मुरारी सुवेदी भने उपस्थित रहनु भएन। यस्तै केन्द्रीय सदस्यसमेत रहनु भएकी मञ्जु भण्डारी सुवेदी पनि अधिवेशनमा सहभागी हुनु भएन् । सुवेदीकै सिफासिरमा अघिल्लो कार्यकालका सचिव सुदेश चापागाई पनि अधिबेशनमा सहभागी हुनु भएन।उद्घाटन कार्यक्रमको संचालन उपसचिव राजेन्द्र राईले गर्नु भएको थियो