इटहरी / मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत नेकपा एमाले इटहरी नगर कमिटीको आयोजनामा अभियान समापन गरेको छ ।नगरका प्रमुख अभियान्ता नेकपा एमाले पोइलित बिउरो सदस्य पूर्व मन्त्री मन्जु चौधरीको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो ।
कार्यक्रममा प्रमुख अभियान्ता केन्द्रीय सल्लाहकार परिसद सदस्य गोपाल गुरागाईं, एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज लक्ष्मी गौतम, प्रदेश कमिटी सचिबालय सदस्यतथा कोशी प्रदेस माननिय रमेश बस्नेत, माननिय रोहित बहादुर कार्की, प्रदेश कमिटी सचिबालय सदस्य मुरारी सुबेदि, एमालेका कोशी प्रदेस संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारी, माननिय मिना श्रेष्ठ, पार्टीका जिल्ला सचिवालय, जिल्ला कमिटी सदस्य, नगर ईन्चार्ज, सह(इञ्चार्ज, नगरकमिटी सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नगरका २० वटै वडा भित्रका पुर्व तथा नव जनप्रतिनिधि साथै स्थानीय कार्यकर्ता, नागरिकहरु को उपस्थिति रहेको थियो ।

ग्रासरुट अभियान मार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचार प्रसार, प्रत्येक वडाको टोलो टोलमा पुगेर टोल स्तरीय बैठक, प्रशिक्षण , पार्टी प्रति जनताको राय सल्लाह सुझाव लिने, पार्टी सदस्यता नविकरण, जनसंगठन निर्माण तथा विस्तार लगायतको काम गरेको नगर कमिटीले जनाएको छ ।

जनसास्कृतिक मन्च केन्द्रीय स्तरका कलाकारहरुको उपस्थितिमा नृत्य, जनबादी गित गायन, कविता बचन लगायतका संस्कृतिक कार्यक्रम गरि नेकपा एमालेको ७५ औ पार्टी स्थापना दिवस हिरक जयन्ति को आवसरमा सुभकामना आदानप्रदान गरेर मिसन ग्रासरूट अभियान २०७९ तथा साँस्कृतिक कार्यक्रम समापन भएको छ ।

नगर कमिटी अध्यक्ष याम कुमार सुब्बाको अध्यक्षता तथा सचिब रुपेस बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नगरले मिसन ग्रासरुट अभियान वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्य बिभाजन गरेर सञ्चालन गरेका थिए ।


