इटहरी / धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरी तरहरा स्थित पानीपियामा धरान उपमहानगरपालिकाको ‘सीमा प्रारम्भ’ बोर्ड युवा संघ नेपाल इटहरीले उखेलेको छ । इटहरी उपमहानगरको क्षेत्रमा धरानको बोर्ड राखेको भन्दै युवा संघ नेपाल इटहरीका कार्यकर्ताहरुले आइतबार राति बोर्ड उखेलेको हुन् ।
'इटहरी र धरानको सिमाना अहिले सेउती खोला हो । धरानको मेयरले कुनै समन्वय, आधिकारिक दस्तावेज बिना लगाएको बोर्ड हटाएका हौ' राष्ट्रिय युवा संघ नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग क्षेत्रिले भने 'सिमाना जस्तो बिसयमा खेलाची गर्नु हुँदैन भन्ने हो ।'
साझको समयमा सामाजिक संजाल हरुमा इटहरी वासि नागरिक को आक्रोस आउन थाले पछि धरान का मेयर हर्क साम्पांग को अव्यवहारिक आराजक कामले भोलिका दिनमा द्वन्द को स्थिति ननिम्तियोस भनेर युवासंघ इटहरीको नेत्रित्वमा उक्त बोर्ड निकाली इटहरी उप महानगरपालिका प्रमुख लाई जिम्मा लगाइ नियम संगत कुन् ठाउँ मा आफ्नो सिमाना हो त्यहाँ बोर्ड राखी दुइ स्थानीयतहको भाइचारा सम्बन्ध सुमधुर बनाउनु पर्ने युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाले बताए यो क्षेत्र भने इटहरी वडा नं. २० मा पर्ने भएकाले भोगाधिकार पनि इटहरीले नै गर्दै आएकोमा साम्पाङको निर्देशनमा धरान उपमहानगरको ‘सीमा प्रारम्भ’ को बोर्ड आइतबार लगाइएको थियो।
इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद थियो । तर, सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना छुट्टाउँदै आएको छ ।


