इटहरी । सिरुवा जुरशीतल पर्वको अवसरमा इटहरीमा सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
थारु कल्याणकारीणी सभा इटहरी नगर समीतीको आयोजना तथा इटहरी उपमहानगरपालीकाको सहआयोजनामा शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा आयोजित कार्यक्रममा सुभकामना आदन प्रदान गरिएको हो ।

बैसाखभरी थारुहरुले मनाउने सो पर्वले सामाजिक सद्भाव भाइचारा कायम गर्ने देखी लिएर संस्कृती संरक्षणमा समेत योगदान पुर्याएका कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरी,थारु कल्याणकारीणी सभाका केन्द्रीय उपाध्यक्ष भन्नुलाल चौधरी,केन्द्रीय सदस्य उर्मीला चौधरी,ग्रामथान संरक्षण समीती सुनसरीका अध्यक्ष तेज नारायण चौधरी लगायतका अतीथीहरुको सहभागीता रहेको थियो ।

