नेपालका यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुले कानुनमा उनिहरुको विवाहलाई मान्यता नदिइदाँ समस्यामा परेको बताएका छन् ।
शनिबार सुनसरीको इटहरीमा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनिहरुले सरकारबाटै आफूहरुको अधिकार खोसिएको दुःखेको गरे । उनिहरुले आफूहरुका लागि नीति निमार्णका क्रममा आफूहरुप्रति उदाशिन बनिदिदा विभिन्न शारिरिक र मानसिक हिंसाको शिकार बन्नुपरेको बताए ।
अन्तरक्रियामा बोल्दै मितिनि नेपालका अध्यक्ष लक्ष्मि घलानले विवाह दर्ता नहुँदा सम्बन्धमा फूटसँगै विभिन्न हिंसा हुने गरेको बताए । पैतिृक तथा दम्पत्तिले आयआर्जन गरेका सम्पत्तिमा एक अर्काले हकदाबी गर्न नसक्ने अवस्था रहेको र विभिन्न तरिकाले यौन शोषणको शिकार हुने गरेको पनि उनले बताए ।
विवाह दर्ता नभएकाले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको दम्पत्तिहरुले वैंक तथा अन्य आर्थिक कारोबार गर्न सकस हसने गरेको तथा सामाजिक पाटोमा नै असर पर्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुले विवाहदर्ता नहुँदा आफूहरुलाई मानसिक तनावमा बस्न बाध्य हुनुका साथै आर्थिक रुपमा विभिन्न व्यक्तिहरुबाट ठगिने गरेको गुनासो गरे ।


