धनकुटा । संखुवासभा जिल्लाकाे बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई प्रजनन् स्वास्थ्य सम्वन्धी पाँचदिवसिय तालिम जिल्ला अस्पताल धनकुटामा सञ्चालन भईरहेकाे छ ।

स्वास्थ्य तालिम केन्द्र धनकुटाकाे अायाेजनामा सञ्चालन भईरहेकाे तालिमकाे समापन पछि विरामिहरूकाे प्रयाेगात्मक परिक्षणमा उर्तिण भएपछि मात्र विज्ञहरूद्वारा प्रमाणपत्र प्रदान गरि याेग्य बनेपछि मात्र आ-आफ्नाे कार्यक्षेत्रमा काम गर्ने अधिकार दिईने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट एवं स्त्री तथा प्रसूती राेग विशेषज्ञ डाक्टर अमिताभ ठाकुरले जानकारी दिनुभयाे ।
बैशाख ३१ गतेबाट शुरू गरिएकाे तालिम जेष्ठ ४ गतेसम्म सञ्चालन गरिने छ ।
उक्त तालिममा संखुवासभा जिल्ला स्थित विभिन्न पालिकामा बर्थिङ सेन्टरमा कार्यरत १२ जना कर्मचारीहरूकाे सहभागिता रहेकाे छ ।
उक्त तालिममा जिल्ला अस्पताल धनकुटाका स्त्रीरोग विशेषज्ञ डाक्टर अमिताभ ठाकुर, डाक्टर उज्जवल खनाल, अस्पताल नर्सिङ निरिक्षक सिला सुब्बा, सिनियर अनमि गिता काेईराला, विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्राेफेसर डाक्टर माेहन रेग्मी, डाक्टर तुलसा वस्नेत, जिल्ला अस्पताल संखुवासभाका डाक्टर भिम बहादुर लामालगायतले शहजिकरण गर्नु भईरहेकाे छ ।


