इटहरी । वर्षायाममा हरेक वर्ष बाढी तथा डुवान प्रभावित वन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम गरिएको छ ।
नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम तथा अभ्यास गरिएको हो ।
तालिम तथा अभ्यासमा बाढीको समयमा अपनाउनु पर्ने सर्तकता , वाढी पिडितलाई उद्धार ,खोज तथा व्यवस्थापन , आगलागी नियन्त्रण लगायतका विषयमा नेपाली सेनाका अशोक गुरुगले सहजिकरण गरेका थिए । 


