इटहरी / नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही लगायतका माग राख्दै  आएको सरकार साझेदार दल नेकपा एकीकृत समाजवादीको  मोर्चा संगठन कोशीले आजबाट इटहरीमा २४ घण्टे रिले अनसन सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठन कोशी प्रदेशको आह्वानमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि यही जेठ ८ गते देखि ८ घण्टे रिले अनसन सञ्चालन गर्दै आएकोमा आजबाट २४ घण्टे वनाइएको हो ।  नक्कली भुटानी शरणार्थी प्रकरणले देशलाई  अन्तराष्ट्रिय स्तरमै लज्जित वनाएको हुँदा यस्तो अपराध गर्ने अपराधीहरुलाई कानुनी कारवाही गर्नु पर्ने माग राख्दै रिले अनसन गर्दै आएकोमा अझ सशक्त वनाउने क्रममा आजबाट २४ घण्टे रिले अनसन सुरु गरिएको अनेमसंघ समाजवादीकी कोशी प्रदेश उपाध्यक्ष समेत रहेकी नेकपा एसकी केन्दी्रय सदस्य सुनिता चौधरीले जानकारी दिइन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै अन्य भ्रष्टाचारका दोषीहरुलाई समेत पहिचान गरी कारवाहीको दायरामा ल्याउन दवाव दिन चरणवद्ध आन्दोलन गर्ने क्रममा रिले अनसन गरिएको र आफुहरुको माग संवोधन नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइन । 

सरकार साझेदार दल समेत रहेको नेकपा एसले सरकारमा रहेका दल तथा प्रतिपक्ष दलले समेत आफना नेता कार्यकर्ता संरक्षण गर्न सक्ने आशंका सहित दोषी जो सुकै भएपनि कारवाही हुनु पर्नेमा जोड दिदै आएको छ । यही क्रममा रिले अनसनमा बसेकी युवा संघ नेपाल समाजवादीकी केन्द्रीय सदस्य शान्त काफ्लेले प्रचण्डले सरकार वचाउन , शेरवहादुरले स्वास्नी वचाउन र केपी ओलीले सालो वचाउन लाग्न सक्ने तर्फ समेत मध्यनजर गर्दै दवाबमुलुक कार्यक्रम आयोजना गरिएको जानकारी दिइन । नेकपा एस मोर्चा संगठन कोशीको आह्वानमा यही जेठ ८ गते देखि इटहरी उपमहानगरपालिका अगाडी रिले अनसन गर्दै आएको छ ।