इटहरी ।  जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सुनसरीको इटहरीमा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ  ।

 नेपाल उत्पिडित जातिय मुक्ती समाज सुनसरीको आयोजनामा जातिय भेदभाव तथा छुवाछुत अन्त्यको  घोषणा जेष्ठ २१ को सान्धर्भिकताका बिसयमा अन्तरक्रिया  गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह इञ्चार्ज जिवन घिमीरेको प्रमुख आतिथ्य तथा नेपाल उत्पिडित जातिय मुक्त समाज सुनसरीका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा भएको अन्तरक्रियाका सहभागीहरुले जातिय भेदभाव र छुवाछुत दण्डनिय भएका वताउदै भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारवाही गर्नु पर्नेमा जोड दिए ।   

351528014_561682366038771_6583258722940978277_nकार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज लक्ष्मी गौतम, एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारी, नेपाल उत्पिडित जातिय मुक्ती समाज केन्द्रीय सचिवालय सदस्य तथा सुनसरी इञ्चार्ज पार्वता बराइली लगायतले बोलेका थिए भने कार्यक्रम जातिय मुक्ती समाज सुनसरी सचिब डम्बर बराइलीले संचालन गरेका थिए ।   आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन भएको १७ वर्ष पुरा भएको अवसर पारेर देशभर विभिन्न कार्यक्रम गरि जातिय भेदभाव उन्मुलन दिवस मनाइएको छ ।                                             350323323_6394565527316878_194828617116991406_n